प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, असोज ७ गते ।

प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ प्रस्ताव बैठकले स्वीकृत गरेको छ।

त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्, जसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ।

यी तीन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस भएपछि सांसदहरू पक्ष र विपक्षमा धारणा राख्दै प्रश्न उठाएका थिए । ती प्रश्नको जवाफ सम्बन्धीत मन्त्रीहरूले दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको