अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट

काठमाडौं, असोज १६ गते ।

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार दिउँसो निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित चलचित्रको पहिलो प्रचार सामग्री सार्वजनिक गरेको हो ।

टिजरले चलचित्रको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । टिजरअनुसार अनमोलले बुवा भुवन केसीको युवावस्थाको भूमिका निर्वाह गरेका छन् । भुवन शिक्षक हुन्छन् । उनको आफ्नै विद्यार्थीसँगको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको छ ।

टिजरमा अनमोल र प्रिन्सीको केमेस्ट्री जबर्जस्त देखिएको छ । सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित धेरैले प्रशंसा गरिरहेका छन् । ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) रिलिज हुनेछ । न्यूज कारखाना

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको