एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं, मंसिर ५ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् ।

उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ थान, ल्यापटप ३ थान र मोबाइल फोन १३ थान गरी जम्मा १८ थान विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको