काठमाडौं, मंसिर ६ गते ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।
यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी ९जसपा० नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।








