गाडीमा ४९९ किलो गाँजा भेटियो, चालकसहित नियन्त्रणमा

सुनसरी, मंसिर ६ गते ।

प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार धरान उपमहानगरपालिकाबाट इटहरी उपमहानगरपालिका तर्फ गइरहेको बेला सेउती पुलमा शनिबार राति नियमित चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।

प्रहरीले शनिबार राति नै सुनसरीको दुहवी नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको