कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार २० गते ।

कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

यस खेलसँगै विश्वकपको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । जसमा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया रहेका छ्न् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको