ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, असोज ६ गते ।

ग्यास कालोबजारी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल छन् ।

उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफ्नो पसलमा भएका सिलिन्डरहरूको सिल खोली ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाएको प्रहरीले बताएको छ ।

नेम्कुनले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरबाट दुई वटा सिलसहितका र २२ वटा सिल नभएका, तर भरी सिलिन्डर बरामद भएको प्रहरीले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको